गणतन्त्रवादी दलहरू पूर्वराजाको स्वागत गर्दा किन झस्किए,राजावादीविरूद्ध मोर्चाबन्दी गर्ने चेतावनी ?

काठमाडौं। सङ्घीय राजधानी काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा देखिएको भीडले गणतन्त्रवादी दलहरूलाई ठूलै धक्का दिएको महसुस गरिएको छ। राष्ट्रिय झण्डा र बाजागाजासहित शाहको अभिनन्दनमा उर्लिएको जनसागरले विमानस्थलदेखि निर्मल निवाससम्म जयजयकारको नारा गुञ्जिदा गणतन्त्रका हिमायतीहरूलाई एक पटक सोच्न बाध्य बनाएको छ। गणतन्त्रप्रति नागरिकको बढ्दो असन्तुष्टिको परिणाम सडकमा छताछुल देखिन थालेको छ।

जनताले विश्वास गरेर देश बनाउलान् भन्ने आशाले गणतन्त्र पक्षधर दलहरूलाई देशको चाबी थमाइदिए पनि चरम भ्रष्टाचार र बेथिति मौलाउँदै गएपछि यो परिस्थितिको सृजना भएको प्रदर्शनकारीहरुले नै बताउने गरेका छन्। विगतमा दरबारको पाउ मोल्नेहरू नै सत्ताको नेतृत्वमा पुग्दा उनीहरूमा पनि दरबारिया प्रवृत्ति हाबी भएको जनताहरूले बताउने गरेका छन्।

पूर्वराजा शाहले ७ फागुनमा वक्तव्य दिएपछि सल्बलाएका राजावादीहरूमा आइतबारको जनसहभागीताले झन् उत्साह थपिदै गएको छ। झण्डै एक महिनाको पोखरा बसाइपछि काठमाडौं फर्किएका पूर्वराजा शाहलाई स्वागत गर्न सिनामंगलदेखि निर्मल निवासम्म जुन उपस्थिति देखियो,त्यसले राजावादीहरूलाई झनै नहौस्याउने परिस्थिति बन्दै गएको छ।

विगतमा छुट्टाछुट्टै देखिँदै आएका राप्रपा, राप्रपा नेपाल लगायतका राजनीतिक दल तथा राजसंस्था पक्षधर अन्य समूहरू आइतबार भने एकसाथ सडकमा उत्रिएका थिए। यसबाट ठूला र गणतन्त्रवादी भन्ने दलहरूको ‘घण्टी बजाउन’ सफल भएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन बताएका छन्। ठूला दलहरू नसच्चिए देश यही स्थितिमा रहिरहँदैन भन्ने संकेत जनताले राजलाइ दिएको बताए।

‘जनताको उत्साहजनक सहभागिता रह्यो, साथ दिनुभयो अनि गणतन्त्रवादी भन्ने दलहरूका नेतालाइ हामीले हिजो घण्टी बजाउन सफल भएको राप्रपाका नेताहरूले बताउने गरेका छन्। देश यही स्थितिमा बसिराख्दैन भन्ने कुराको संकेत स्पष्ट देखिएको राप्रपाका नेताहरूले बताइरहेका छन्।

अझै थप रणनीति तय कार्यक्रम बनाएर अघि बढ्ने योजना राप्रपाको छ। अध्यक्ष लिङ्देनले भने,अब चाँडै बैठक बसेर अहिलेसम्मको समीक्षा गर्ने र अन्य रणनीतिका कार्यक्रम तय गर्ने बताउदै आएका छन्।

पूर्वराजा शाहको स्वागतमा राजावादीले गरेको शक्ति प्रदर्शन सम्भवतः लोकतान्त्रिक गणतन्त्रपछिको ठूलो प्रदर्शन भएको राप्रपा निकटका नेताहरूले बताउने गरेका छन्। यसले गणतन्त्रवादी दलहरूलाई ठूलो झट्का लागेको अनुमान गरिएको छ। गणतन्त्रवादी नेताहरूले मौखिक प्रतिवाद मात्रै गरिरहेका छैनन्, यसविरुद्ध मोर्चाबन्दी भएर आन्दोलित नै हुने तयारी गरि रहेका छन्।

त्यसैगरी सबैभन्दा बढी राजावादीहरूको सक्रियता बढ्न थालेपछि माओवादी केन्द्रले तराई–मधेश केन्द्रित अभियान नै स्थगित गर्नु परेको छ। अभियान स्थगित गरेर काठमाडौँ फर्किएका माओवादी अध्यक्ष प्रचण्डले सत्तासीन दलका नेताहरू, सेना तथा प्रहरीहरूसँग कुराकानी गर्नेदेखि आन्तिरिक रूपमा सक्रिय बन्दै गएका छन्। र नेपाली काँग्रेस,नेकपा एमाले र रास्वपालगाएत दलका नेताहरूसँग माओवादीले छलफल गरेर पूवराजा शाहलाइ तहलगाउने रणनितिका साथ लागेको बताइन्छ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजावादीहरू सक्रिय भएको भन्दै समाजवादी मोर्चाको बैठकमा राजावादी दल र समूहका गतिविधि बढिरहेको तथा आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं फर्कने क्रममा हजारौं समर्थकले स्वागत गरी निर्मल निवाससम्म पुर्‍याएको पृष्ठभूमिमा समाजवादी मोर्चाका नेताहरूसँग बैठकमा छलफल गरेका थिए।

समाजवादी मोर्चाको बैठकमा अध्यक्ष प्रचण्डले सरकारका कारण जनतामा निराशा छाएको र त्यसैलाई प्रतिक्रियाबादीले फाइदा उठाउन खोजेको र यसको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको भनाइ छ।

प्रचण्डले सरकारको समस्या समाधानमा सरकारको ध्यान केन्द्रित हुन नसकेको र सेटिङमा व्यस्त रहेकोले गणतन्त्रवादीहरू एक भएर अघि बढ्ने विषयमा सल्लाह भइरहेको उनको भनाइ रहेको छ।

प्रचण्डले भने यो प्रदर्शनले केही हल्लाएको छैन। केही भएको छैन। केको डराउनु। त्यस्तो लडाईंको बीचमा त डराइएन यहाँ त अहिले के भएको छ र। यसको जिम्मेवारी त सरकारले लिनु नै पर्छ।

सरकार जुन ढंगले बन्यो, जनतामा निकै ठूलो निराशा र आक्रोश छ। जनताको समस्याका बारेमा सरकारको ध्यान केन्द्रित भएको अझै देखिँदैन। सेटिङमा नै आफ्नै मान्छे भर्ती गर्ने, नियुक्ति गर्नेतिर केन्द्रित भएकाले जनतामा निकै ठूलो फ्रस्टेशन भएको र त्यसले गर्दा नै प्रतिक्रियावादी शक्तिहरूले त्यसलाई मौका पाएको उनले बताएका छन्।