सुनचाँदीकै मूल्य घट्यो,ताेलामा कति ?
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासं३का अनुसार आज सुन प्रतितोला पाँच सय र चाँदी प्रतितोला १५ रुपैयाँले घटेको हो ।
सोमबारएक लाख ७० हजार चार सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ६९ हजार नौ सय कायम भएको छ ।त्यसैगरी, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेर एक हजार नौ सय ७० कायम भएको महासङ्घले जनाएको छ ।

