सन्दर्भ : १३६ औं अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस:श्रमिक मजदुरहरुको मुक्ति वैज्ञानिक समाजवादमा
- हस्तबहादुर केसी
आज मे १। अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस। आज संसारभरका श्रमिक मजदुरहरुले आफ्नो १३६ औं अन्तर्राष्ट्रिय श्रमिक दिवस धुमधामका साथ मनाउन गइरहेका छन्। आजको दिन अन्तर्राष्ट्रिय श्रमिक मजदुरहरुका लागि खुसीको दिन हो। किनभने आजकै दिन अन्तर्राष्ट्रिय श्रमिक मजदुरहरुले आठ घण्टा काम,आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम गर्न पाउने मागहरु तत्कालीन प्रतिक्रियावादी सत्ताले पुरा गरिदिएको दिन हो।
किनभने सन १८८९ मा फ्रान्समा कार्ल मार्क्सका अनन्य मित्र र सहयोगी,दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियका प्रमुख नेता फ्रेडरिक एंगेल्सको उपस्थितिमा दोस्रो कम्युनिस्ट अन्तर्राष्ट्रियका नेता रहरु,विश्व श्रमसंगठन ,एवं श्रमिक नेताहरुको बैठकले मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउने निर्णय गरेको थियो।
दोस्रो अन्तर्राष्ट्रियले पनि मे १ लाई अन्तर्राष्ट्रिय श्रमिक दिवसको रुपमा मनाउने घोषणा गरेको थियो। त्यस यता सन १८९० देखि हरेक वर्ष मे १ का दिन अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन शुरु गरिएको थियो । संसारभर यस दिवसलाई पर्वको रुपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि प्रतिक्रियावादी सरकार र रोजगार दाता ( मालिक ) हरुलाई दबाब दिने उद्श्येले विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन् ।
यहाँनीर एकपटक अन्तर्राष्ट्रिय श्रमिक मजदुरहरुको वीरताको इतिहासलाई फर्केर हेरौं । सन १८८६ मा अमेरिकाको सिकाको शहरमा आठ घण्टा काम ,आठ घण्टा मनोरञ्जन र आठ घण्टा आरामको नारा सहित शुरु भएको मजदुर आन्दोलनको वीरतापूर्ण इतिहासको संझनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक मजदुर दिवस मनाइन्छ ।
सो आन्दोलन कै क्रममा सन १८८६ मे ४ का दिन सिकागाको हेय मार्केट भन्ने ठाउँमा बम विष्फोट भएको थियो। सो बम कसले विष्फोट गराएइएको भन्ने नखुलाइएको भए पनि त्यो सरकारी घुसपैठहरुले गराएका थिए। तर त्यसको निहुँ पारेर प्रहरीले मजदुरहरुमाथि व्यापक दमन गर्यो। प्रहरीको गोली लागि ७ जना मजदुरहरुको हत्या भएको थियो। त्यसमा प्रतिक्रियावादी सत्ता असफल भएको थियो भने श्रमिक मजदुरहरुले सफलता हासिल गर्न सफल भएका थिए।
त्यस यता आज १३६ वर्ष पार भइसकेको छ । यस बीचमा संसारभर ठूला ठूला उथलपुथलकारी घटना परिघटनाहरु घटित भइसकेका छन् । विश्व राजनीतिकमा धेरै ठूला ठूला परिवर्तनहरु भएका छन् । तर ती वीरगति प्राप्त गर्ने अमेरिकाको सिकागो शहरको हेय मार्केटमा मजदुर सहितहरुका नत सपना पुरा भएका छन् , नत आजसम्म श्रमिक मजदुरहरुको जीवनमा कुनै परिवर्तन आएको छ । किनभने अन्तर्राष्ट्रिय श्रमिक मजदुरहरुले आजसम्म पनि मुक्ति प्राप्त नगरी सकेको अवस्था छ ।
त्यस यता अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा ठूला ठूला परिवर्तनहरु भए । सन १९०५ मा रुसी क्रान्ति असफल भयो । त्यस बखत हजारौं मजदुरहरुको हत्या गरियो । सन १९१७ महान् रुसी अक्टोबर समाजवादी क्रान्ति सफल भयो । तर आज सोभियत मोडलको समाजवादमा प्रतिक्रान्ति भए पश्चात् रुसमा पुँजीवाको पुनःस्थापना भयो ।
सन १९४९ चिनिया नयाँ जनवादी क्रान्ति सम्पन्न भयो । त्यो प्राप्तिका क्रान्ति लाखौं मजदुरहरुले साहदत प्राप्त गर्नु परेको थियो । त्यस्तै भियतनामी क्रान्ति , कोरियन क्रान्ति र कोरिया युध्द तथा भियतनामी युध्दमा लाखौं श्रमिक मजदुरहरुले ज्यान हालेर साहदत प्राप्त गरेका थिए । त्यस्तै चिली , इन्डोनेसियामा भएको प्रतीक्रान्तिमा समेत लाखौं श्रमिक मजदुरहरुले साहदत प्राप्त गरेका थियो ।
श्रमिक मजदुरहरुको वीरताको इतिहास :
अन्तर्राष्ट्रिय श्रमिक मजदुर आन्दोलन भनेको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन नै हो । सन १९०५ को असफल रुसी क्रान्ति र। सन १९१७ अक्टोबर २५ मा सम्पन्न महान् अक्टोबर समाजवादी क्रान्तिमा लाखौं मजदुरहरुको रगत र पसिना बगाउ नुका साथै हजारौं मजदुरहरुले ज्यान गुमाएका थिए।
कोरियन युध्द र भियतनामी युध्दमा लाखौं जनताको हत्या भएको थियो र त्ससमा अत्यधिक हत्या हुनेको संख्या मजदुरहरु नै थिए। पेरुभियाली जनयुद्ध , नेपाली जनयुद्ध , भारतीय जनयुद्ध लगायत माओवादीहरुद्वारा सञ्चालन गरिएका भीषण वर्गसंघर्षहरुमा हजारौंको संख्यामा मजदुरहरु नै सहिद भएका छन् । यसरी विश्व श्रमिक मजदुरहरुको इतिहास भनेको वीरताको इतिहास छ।
विश्व मानव समुदायमा जुन देशहरुमा पुँजीवादी क्रान्ति भइसकेको छ ती देशहरुमा वैज्ञानिक समाजवादी क्रान्ति हुनेछ भने जुन देशहरू अल्पविकसित छन् , जुन देशहरु अर्ध सामन्ती तथा अर्ध उपनिवेशिक/ नवउपनिवेशिक अवस्थामा छन् ती देशहरूमा भने नयाँ जनवादी क्रान्ति सम्पन्न भए पनि मात्र वैज्ञानिक समाजवादी क्रान्तिमा प्रवेश गर्नेछन् । यसरी हेर्दा विश्व सर्वहारा क्रान्ति जारी छ।
आगामी विश्व क्रान्तिका सिलसिलामा फेरि पनि विश्व जनताले , विश्व श्रमिक मजदुरहरुले ठूलो संख्यामा बलिदानी दिनुपर्ने अनिवार्य छ , त्यसो भएर विश्व सर्वहारा क्रान्तिकै एक अंग भएकोले श्रमिक मजदुरहरुले मुक्ति पाउने भनेकै सर्वहारा क्रान्तिद्वारा नै हो। यिनै कारणले गर्दा श्रमिक मजदुरहरुले वर्गीय मुक्ति पाउने पाउने वैज्ञानिक समाजवादमा पुगेपछि मात्रै हो।
मेडेको खुसियाली मनाउने भनेको त बुर्जुवा प्रतिक्रियावादी सत्ताले आफ्नो सत्ता जोगाउने र लम्ब्याउने उद्श्ये सिमित अधिकार दिएकोमा मात्रै हो । यी उपलब्धिहरु पाउनका लागि श्रमिक मजदुरहरुले ठूलो बलिदानी गर्नु परेको थियो । र , अब संसारभरका श्रमिक मजदुरहरु एकताबध्द भएर विश्व सर्वहारा क्रान्तिकामा लामबध्द हुनुको विकल्प छैन ।
मिति : १ मे २०२५ :- १८ बैशाख २०८२
स्थान : पेरिस , फ्रान्स , युरोप
(लेखक : वरिष्ठ मार्क्सवादी दार्शनिक एवं अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हुनुहुन्छ ) ।

