माओवादीको मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान सुरु गर्ने,यस्तो छ तालिका

फाइल तस्बिर

काठमाडौं । तराई मधेश जागरण अभियान टुंग्याएपछि नेकपा माओवादी केन्द्रले अब मध्य पहाडी लोकमार्ग केन्द्रित अभियान थाल्ने भएको छ। हालैमात्र माओवादीले तराई मधेश जागरण अभियान टुंग्याएको हो ।

अब माओवादीले जेठ १ गतेदेखि मध्य पहाडी लोकमार्ग केन्द्रित अभियानमा निस्कने भएको छ । अभियानको कार्यतालिका समेत माओवादीले सार्वजनिक गरेको छ।

माओवादीले जनाएका अनुसार अभियान टोली २ गते बैतडीको पाटनमा जनसभा र डोटी दिपायल जनसंवाद, ३ गते अछाम मंगलसेन जनसंवाद, ४ गते दैलेख सदरमुकाम जनसभा गर्ने कार्यक्रम तय भएको छ।

यस्तै, जेठ ५ गते जाजरकोट खलंगा जनसंवाद, ६ गते पश्चिम रुकुमको चौरजहारी जनसभा र मुसिकोट जनसंवाद, ७ गते पूर्वी रुकुमको रुकुमकोट जनसंवाद र रोल्पाको थबाङमा जनसभा, ८ गते बागलुङ जनसंवाद, ९ गते पर्वत कुस्मामा जनसंवाद र १० गते पोखरा जनसभा गर्ने माओवादीले जनाएको छ।

अभियानको नेतृत्व अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन्। अभियानमा प्रचण्डसहित पार्टीका अन्य पदाधिकारीहरु पनि सहभागी हुुने बताइएको छ । तराई मधेश जागरण अभियानले पार्टीप्रति जनताको आकर्षण बढेको निष्कर्षसहित माओवादीले दोस्रो चरणमा यो अभियान सुरु गर्न लागेको हो।