गभर्नर सिफारिस समिति पुनर्गठन,पाण्डे र अधिकारी सदस्यमा नियुक्त
काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको हो ।
यसअघि समितिमा रहेका दुई सदस्यले राजीनामा दिएका थिए। ती दुई सदस्यको स्थानमा डा। पोषराज पाण्डे र निवर्तमान गभर्नर महाप्रसाद
अधिकारीलाई सदस्य राखिएको सरकारका प्रवक्ता पृथ्बी सुब्बा गुरुङले जानकारी दिए। यसअघि पूर्वगभर्नर विजयनाथ भट्टराई र विश्व पौडेल सदस्य थिए । उनीहरु दुवै जनाले राजीनामा दिएका कारण दुई सदस्य थप गरिएको हो।
