सावित्रा भण्डारीको सम्मानमा ‘साम्बा चोक’ स्थापना
काठमाडौं। महिला राष्ट्रिय फुटबल टिमकी खेलाडी सावित्रा भण्डारी (साम्बा)को सम्मानार्थ लमजुङमाा साम्बाचोक नामकरण गरी ‘साम्बा स्तम्भ’ निर्माण गरिएको छ।
नेपाल एपीएफ क्लबकी खेलाडी सशस्त्र प्रहरी सहायक हवल्दारसमेत रहेकी भण्डारीको नाममा लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ स्थित खुदिबजार चोकमा स्तम्भ निर्माण गरिएको हो। साम्बा स्तम्भको आज सोही गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले उद्घाटन गरे।
सो अवसरमा सावित्राका आमा–बुबालाई पनि सम्मान गरिएको सशस्त्र प्रहरीका डिएसपी तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
सावित्रा पछिल्लो समय अन्तराष्ट्रियस्तरमा चर्चित फुटबल खेलाडी बन्न पुगेकी छिन्। हाल उनी फ्रान्सको शीर्ष डिभिजन लिग फुटबल क्लब एना भान गेङगाङ्पमा आबद्ध छिन्।
उद्घाटन कार्यक्रममा लमजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी माधव प्रसाद पोखरेल, मस्र्याङ्दी गाउँपालिका–९ का वडा अध्यक्ष हरिस चन्द्र थापा,आश्रित गुल्म लमजुङका गुल्मपति लगायत स्थानीय अगुवा, जनप्रतिनिधि र संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो।
