रुकुम पश्चिमबाट काठमाडौं आउँदै गरेको बस तनहुँमा दुर्घटना
काठमाडौं । रुकुम पश्चिमबाट काठाडौं आउँदै गरेको बस तनहुँको बन्दीपुर नगरपालिका–१ डुम्रेमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।
प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिपर डुम्रे नजिक एकापसमा ठोक्किएर दुर्घटना हुँदा ७ जना घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार घाइतेहरुको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भइरहेको छ भने बस चालकको अवस्था गम्भीर रहेको छ।
