आन्दोलन चर्काउँछौं, प्रधानमन्त्रीलाई भाग्न हेलिकप्टर दिन्छौं: अध्यक्ष लिङ्देन
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलन हिंसात्मक नहुने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित आन्दोलन तयारी सभामा बोल्दै लिङ्देनले जेठ १५ गतेदेखि सुरु हुने आन्दोलनलाई पूर्ण नियन्त्रणमा राखिने र कुनै प्रकारको हिंसात्मक प्रदर्शन नहुने बताएका हुन् ।
सरकारलाई पनि कुनै पनि प्रकारको दमन गर्ने वा हिंसा भड्काउने मौका नदिने उनले बताए । उनले मानवअधिकार आयोगका साथै अन्य अन्तराष्ट्रिय संघसंस्थाहरुलाई जेठ १५ गते हुने प्रदर्शनको अनुगमन गर्न आग्रह गरिने जानकारी दिए ।
अध्यक्ष लिङ्देनले भद्र अवज्ञा वा सत्याग्रहबाटै आफ्ना मान्यताहरु स्थापित गरिने भन्दै यसपटकको आफुहरुको आन्दोलनलाई टुङ्गोमा पुराएरै छाड्ने दावी गरे ।
त्यस्तै केहि दिनअघि प्रधानमन्त्री केपी ओलीले संसदमा संम्बोधनका क्रममा हामी त बुढो भयौं, तपाईं चाहिँ भाग्न मिल्छ रु भन्ने अभिव्यक्तिको जवाफ दिदै लिङ्देनले सम्झौता गर्न तयार नभए भाग्न नसक्नेहरुलाई हेलिकप्टर सुविधा दिने टिप्पणी गरे ।
