बैंक,वित्तिय संस्थापछि मेनपावर,कन्सल्ट्रेन्सी सञ्चालन गर्न दिएका घरधनीहरु धमाधम वडा धाउँदै,घर खाली गराइदिन हारगुहार
रुषा थापा

वैदेशिक रोजगारीको सिलसिलामा २०६० चैतमा नेपालीहरु इराक पुगे । त्यहाँ गएको केही महिनामै अर्थात् ०६१ भदौ १६ गते १२ जना नेपालीको हत्या गरियो । घाँटी रेटीरेटी उनीहरुलाई मारिएको थियो । इराकमा नेपाली मारिएपछि नेपालमा आंतक मच्चियो । यहाँका मेनपावर, कन्सल्ट्रेन्सीमा तोडफोडदेखि आगजनीसम्म भयो ।
उक्त घटनापछि घरधनीहरु मेनपावर, कन्सल्टेन्सी सञ्चालन गर्न घर भाडा दिन मान्दैन्थे । रोजगारीका लागि विभिन्न देश पुगेका हजारौं नेपाली अहिले विदेशमा अलपत्र छन् । मीनपावर, कन्सल्ट्रेन्सीहरुले उनीहरुलाई बेवास्ता गरेका छन् । काम र बस्ने बास नभएपछि नेपालीहरु विदेशको सडकमा अलपत्र भएर बसिरहेका छन् ।
अहिले तिनका आफन्त दिनहुँ सम्बन्धित मेनपावर तथा कन्सल्ट्रेन्सी धाइरहेका छन् । सरकारी निकाय पनि पुगेका छन् । तर, कतैबाट उनीहरुको गुनासो सम्बोधन नभएको अवस्था छ । गुनासो नसुनेपछि अहिले पीडितहरु गुण्डा, अभियन्ता बोक्दै मेनपावर, कन्सल्ट्रेन्सी कहाँ पुगेका छन् । कतिपय त हतियारसमेत बोकेर पुग्छन् । अनि मेनपावर, कन्सल्ट्रेन्सी सञ्चालकलाई थर्काउँछन् ।
कि विदेशमा अलपत्र आफन्तलाई तत्काल जागिर दिलाउन नभए नेपाल फर्काउन र जान लागेको पैसा फिर्ता दिनुपर्ने उनीहरुको माग छ । यसो नगरिदिए तोडफोडमै उत्रिन्छन् । अधिकांश मीनपावर, कन्सल्ट्रेन्सी भाडामा सञ्चालन भएका छन् । त्यहाँ तोडफोड हुनु भनेको घरमा क्षति पुग्नु हो । यसरी आफ्नो घरमा क्षति पुग्ने भएपछि घरघनीहरु चिन्तित छन् ।
फेरि पीडितले आगो लगाइदिए र त्यसमा कोही मरे झनै संकट । त्यसैले, अहिले मेनपावर, कन्सल्ट्रेन्सी सञ्चालन गर्न दिएका घरधनीहरु वडा कार्यालय गुहारिरहेका छन् । घर खाली गराइदिन माग गर्दै वडामा निवेदन दिने घरधनीहरुको लर्को छ । यद्यपि, उनीहरुको पनि गुनासो सुनुवाई भइरहेको छैन । हिजो बढी भाडाको लोभमा परेर घरधनीहरुले मेनपावर, कन्सल्ट्रेन्सी सञ्चालन गर्न घर भाडामा दिए ।
अहिले भाडा नै नदिई छिटोभन्दा छिटो सरिदिन उनीहरु अनुरोध गरिरहेका छन् । सहकारी भाग्दा बचतकर्ताहरुको निशानामा संस्था सञ्चालन भएको घर पर्यो । उनीहरुले घर तोडफोड गरे । त्यसपछि घरधनीहरुले धमाधम आफ्नो घर खाली गराएका थिए । कतिपय घरधनीले चाँहि घर खाली गराउन नसकेपछि संस्थाको बाहिर राखिएको बोर्ड निकाले ।
बाहिर बोर्ड नदेखेपछि बचतकर्ताहरुले तोडफोड गरेनन् । यद्यपि, सहकारी सञ्चालन गर्न दिएका घरधनीहरु अझै पनि आफ्नो घर खाली गराउन वडा कार्यालय दिनहुँ पुग्छन् । सहकारी मात्र होइन, अहिले त बैंक तथा अन्य वित्ति संस्था आफ्नो घरमा सञ्चालन गर्न दिएका घरधनीहरु पनि चिन्तित छन् ।
सहकारीजसरी ती संस्थामा पनि संकट आउनासाथ फेरि आफ्नै घर निशानामा पर्ने हुँदा घरधनीहरु खाली गराउने कोशिस गरिरहेका छन् । तर, घर खाली गराउन नसक्दा उनीहरुको रातको निद्रा र दिनको भोक नै हराएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको एनजीओहरु ठग हुन् भन्दै यी संस्थाहरुलाई दिँदै आएको अनुदान बन्द गरिदिएका छन् ।
अनुदान रोकिएसँगै एनजीओहरु धमाधम बन्द हुन थालेका छन् । एनओसी सञ्चालन हुँदै भएका घरहरु भटाभट खाली भएका छन् । यसरी घर खाली भएका घरधनीहरुले मेनपावर, कन्सल्ट्रेन्सी, सहकारी, लघुवित्त, बैंक सञ्चालन गर्न भाडामा दिएका छैनन् । उनीहरु वर्षौसम्म घर खाली राख्न तयार छन् । तर, यस्ता संस्था सञ्चालन गर्न भाडामा दिन मान्दैनन् ।
मेनपावर, कन्सल्ट्रेन्सी, सहकारी, लघुवित्त, बैंक ठग हुन् भनेर आम नागरिकले राम्ररी बुझिसके । बरु परिवार भएकालाई पहिलेको भन्दा आधा मूल्यमा भाडामा दिन्छन् । तर, यी संस्था सञ्चालन गर्न जतिसुकै महँगो भाडा दिन्छुभन्दा पनि घरधनीहरु भाडामा दिँदैनन् । भाडाको लागि घर नै दाउमा लगाउँछन् चाहँदैनन्, उनीहरु ।
केही वर्षअघि काठमाडौंको सामाखुशी, गोंगबु, वसुन्धारा, नयाँ बसपार्क क्षेत्रमा बसोबास गर्नेहरुले त्यहाँ मेनपावर, कन्सल्ट्रेन्सी सञ्चालन गर्न नदिन सरकारसँग माग गरेका छन् । यी संस्थामा दिनहुँ पीडित आएर झैझगडा गर्ने, पुलिस आउनेजस्ता कारण देखाउँदै उनीहरुले त्यस्तो माग गरेका थिए । अहिले उपत्यकासहित देशभर नै मीनपावर, कन्सल्ट्रेन्सी सञ्चालन भएको ठाउँका सर्वसाधारण सरकारसँग त्यस्ता संस्था सारिदिन माग गरिरहेका छन् ।
पाँच वर्षअघि एउटै घरमा सात वटासम्म सहकारीको बोर्ड देखिन्थ्यो । एउटै टोलमा सयौं सहकारी सञ्चालन भएको पाइन्थ्यो । घर नै पिच्छे सहकारीको बोर्ड देखिन्थ्यो । तर, पछिल्लो समय एउटा वडामा एउटै पनि सहकारीको बोर्ड देखिँदैनन् । भाग्ने सहकारी त भागिहाले । भागेका सहकारीको बोर्डसमेत घरधनी, छरछिमेकी मिलेर धमाधम निकालिरहेका छन् । सहकारीमा करोडौं सर्वसाधारणको खर्बौ रकम डुबेको छ ।
एउटै बचतकर्ताको लाखदेखि करोडौं रकम सहकारीमा फसेको छ । सहकारी त रकम पचाएर भागिहाल्यो, बिजोग चाँहि बचतकर्ताको भएको छ।
पैसाकै कारण बचतकर्ताको घरपरिवार लथालिंग भएको छ । कतिपयको त ज्यानैसमेत गयो। अधिकांश मानिसको सम्बन्धविच्छेद भयो। सहकारीले बचतकर्ताको पैसा मात्र डुबाएन, उनीहरुको जीवन नै लथालिंग बनाइदियो। त्यसरी नै मेनपावर, कन्सल्ट्रेन्सीहरुका कारण पनि हजारौं नेपाली नागरिकले दुःख पाएका छन्। लाखदेखि करोड खर्चिएर विदेश पुगेका उनीहरु त्यहाँ अलपत्र भएर सडकमा बस्नु परेको छ।
हुन त सहकारीदेखि मेनपावर, कन्सल्ट्रेन्सी खोलेर आम नागरिक ठग्ने, लुट्ने राजनीतिक दलहरु नै हुन्। यस्ता संस्थामा दलकै कार्यकर्ताहरुको लगानी रहेको पाइन्छ। अनि पर्दाभित्र बसेर नेताहरु चाँहि जनता ठग्न कार्यकर्तालाई प्रोत्साहन गरिरहेका छन्। आफू ठगिएपछि जनताले सबै थाहा पाएका छन् । तर, ढिलो थाहा पाएपछि टाउकोमा हात लगाउनुबाहेक अरु विकल्प छैन।
जनता भन्छन्, ‘हरेक क्षेत्रमा राजनीतिक दलको पहुँच छ । दलकै सेटिङ्गमा लुट्ने, ठग्ने काम भइरहेको छ ।दलहरुले जनता त ठगे नै सँगै रज्यलाई समेत लुटेका छन् । सरकारी सम्पत्ति सबै व्यक्तिको नाममा लगिदिए। अहिले राज्य कंगाल छ। सीमित व्यक्ति मालामाल छन् । यति मात्र देशको भूभाग नै छिमेकीलाई बेचे। त्यसबाट आएको पैसा पनि मोजमस्ती गरेर सिध्याए। राजनीतिक आडमा ठगलाई उन्मुक्ति, निर्दोषलाई फसाउने काम भइरहेको छ।
सहकारी ठगीमा समातिएका नेपाली काँग्रेसकी सांसद माया राई केही दिनअघि दश लाख रुपैयाँ धरौटीमा छुटिन्। स्वर्णलक्ष्मी सहकारीको दुई चोटि सचिवजस्तो ठूलो पदमा बसेकी उनलाई धरौटीमा रिहा गरियो । तर, सहकारीको सदस्यसमेत नरहेका रास्वपा सभापति रवि लामिछानेलाई जेल पुर्याइएको छ । यसबाटै छर्लङ्ग हुन्छ कि यहाँ पार्टीको आडमा जे पनि हुनसक्छ ।
