सुनको मूल्य बढ्यो,तोलामा कति ?

काठमाडौं। नेपाली बजारमा आज सुन तोलामा ५ हजार रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महांसघका अनुसार आज ५ हजार रुपैयाँले बढेर प्रतितोला सुनको भाउ १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ। मंगलबार एक तोला सुनको मूल्य १ लाख ८४ हजार ८०० रुपैयाँ पुगेको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। मंगलबार चाँदी तोलामा १ हजार ९४० रुपैयाँ कायम भएकोमा आज बढेर तोलामा १ हजार ९९० रुपैयाँ पुगेको महासंघले जनाएको छ।