नवनियुक्त गभर्नरले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बुधबार आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नवनियुक्त गभर्नर पौडेललाई पद तथा गोपनियताको शपथ गराएका हुन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय बैंकको १८औं गभर्नरमा पौडेललाई नियुक्त गरेको थियो।
सुस्त अर्थतन्त्रलाई गति प्रदान गर्ने तथा खराब कर्जाको चपेटामा परेको बैंकिङ क्षेत्रलाई सुरक्षित अवतरण गराउनु उनको मुख्य चुनौती हो । समग्र अर्थतन्त्रको इतिहासको ज्ञाताका रूपमा आफ्नो परिचय बनाएका पौडेल अब्बल युवा अर्थशास्त्री मानिन्छन्।
