तरूण दलको अधिवेशनमा खुकुरी हान्ने ४ जनाविरुद्ध जाहेरी दर्ता

काठमाडौं। तरुण दल लमजुङको पाँचौं जिल्ला अधिवेशनमा भएको खुकुरी प्रहार घटनामा संलग्न ४ जनाविरुद्ध जाहेरी दर्ता भएको छ।
गत जेठ ३ गते शनिबार बेसीसहरमा भएको अधिवेशनमा दुई समूहबीच खुकुरी हानाहान हुँदा ४ जना घाइते भएका थिए। उक्त घटनामा संलग्न ४ जनाविरुद्ध ज्यान मार्ने कसुरमा जाहेरी दर्ता भएको लमजुङ प्रहरी प्रमुख डीएसपी रेशम बोहराले जानकारी दिए।
जसमा मध्यनेपाल नगरपालिकाका किरण गुरुड, सोही ठाउँका धनबहादुर तामाङ, राइनास नगरपालिकाका गणेश गुरुङ र मस्र्याङ्दी गाउँपालिकाका भूपेश गुरुङविरुद्ध जाहेरी दर्ता भएको हो।
यद्यपी उनीहरु हाालसम्म पक्राउ परेका छैनन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। उक्त घटनामा खुसीजंग गुरुङ, सुदीप अधिकारी, सन्तोष बस्नेत र शंकर सापकोटा घाइते भएका छन्।
