प्रहरीको गेटबाटै थुनुवा फरार
काठमाडौं। जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंको गेटबाट एक थुनुवा फरार भएका छन्।
प्रहरी वृत्त स्वयम्भूबाट मुद्दा प्रयोजनका लागि ल्याइएका एक थुनुवा परिसरको गेटबाटै फरार भएको एक अधिकृतले बताए। ती प्रहरी अधिकृतका अनुसार फरार हुनेमा २४ वर्षीय निशान परियार छन्।
प्रहरीका अनुसार उनी अभद्र व्यवहारको कसुरका थुनुवा हुन्। फरार थुनुवाको खोजी सुरु भए पनि पक्राउ परेका छैनन्।
