माओवादी सांसदले बैठकमै सभापतिलाई हानिन् माइक
काठमाडौं। महिला तथा सामाजिक समितिका सभापति किरणकुमार साहमाथि माइक र नेमप्लेट प्रहार भएको छ।
बुधबार समितिको कार्यकक्षमा बैठक जारी रहँदा नेकपा माओवादी केन्द्रकी सांसद कल्पना मियाँ कुसारीले सभापति साहमाथि माइक र नेम प्लेट प्रहार गरेकी हुन्।
समिति बैठकमा ढिला पुगेकी उनले अनुमति नपाएरै बोल्न थालेपछि रोक्न खोज्दा आफुमाथि माइक र नेमप्लेट प्रहार भएको सभापति साहले बताए। उद्यपी माइक र नेमप्लेटले आफुलाई नलागेको उनले बताए।
उनले भने, ‘माननीयज्यू ढिलो आउनुभएको थियो। ढिलो आएर अनुमतिबिनै बोल्न थालेपछि मैले तपाईंलाई बोल्न अनुमति छैन भनेको मात्रै के थिएँ, म भएकोतिर माइक फाल्नुभयो। माइक मतिर फालेपनि म भएतिर आएन, सांसदहरू भएतिर गयो।
