कृष्ण अधिकारीकी ममतामयी आमाको निधनप्रति नेता गजुरेलद्वारा श्रद्धाञ्जली

काठमाडौं। अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष तथा नेता हरिकृष्ण गजुरेल (भाष्कर)ले कृष्ण अधिकारीकी ममतामयी आमा लक्ष्मीमाया अधिकारीको ७७ वर्षको उमेरमा निधन भएकोमा दु:ख व्यक्त गरेका छन्।

दिवंगत आमाप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेता हरिकृष्ण गजुरेल (भाष्कर)ले गहिरो समवेदना व्यक्त गरेका छन्। उनले भने, लक्ष्मीमाया अधिकारीको निधनले हामी सबैलाई मर्माहत बनाएको छ। गजुरेलले कृष्ण अधिकारी र सम्पूर्ण शोकसन्तप्त परिवारजनमा धैर्य र सहनशक्ति प्रदान होस् भन्ने कामना गरेका छन्। कृष्ण अधिकारीकी ममतामयी आमाको उपचारकाे क्रममा निधन भएकाे जनाइएकाे छ। 

शोकको यस घडीमा, दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं।