गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराई अख्तियारको नियन्त्रणमा
काठमाडौं । नेपाल सरकारका एक सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिई टंगाल लगेको हो।
भट्टराईलाई मंगलबारमात्रै बढुवा गरेर गृहमन्त्रालयमा ल्याइएको थियो । यसअघि उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख अध्यागमन अधिकृत थिए । उनको ठाउँमा पाँचथरका प्रमुख जिल्ला अधिकारी रहेका विष्णु कोइरालालाई पठाइएको छ।
भिसिट भिसामा जानेसँग रकम उठाएको उजुरी परेपछि केहीबेरअघि मात्रै अख्तियारको टोलीले अध्यागमन कार्यालयमा छापा मारेको थियो । अहिले अख्तियार कार्यालयमा भट्टराईसँग बयान भइरहेको अख्तियार स्रोतले जानकारी दियो।
अध्यागमन कार्यालयमा छापा मारेर अख्तियारको टोलीले कम्प्युटर र विभिन्न डिभाइसहरू नियन्त्रणमा लिएको छ।
