यार्सा टिप्न पाटन गएका युवकको मृत्यु

काठमाडौं । यार्सा संकलनका लागि डोल्पाको पाटन गएका एक युवकको मृत्यु भएको छ । जुम्लाको गुठीचौर गाउँपालिका–१ मणि साँघुका भीमबहादुर बोहराको बुधबार डोल्पाको जगदुल्ला मध्यवर्ती पाटनमा लेक लागेर मृत्यु भएको हो ।
लेक लागेर बिरामी भएपछि घर ल्याउँदै गर्दा गुठिचौर गाउँपालिका १ लेकस्थित बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबाबु रेग्मीले विस्तृत जानकारी भने आउन बाँकी रहेको बताए ।
