कांग्रेसकै लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू अहिले कम छन्:सभापति देउवा
काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका लागि सच्चा त्याग र समर्पण गर्ने व्यक्तिहरू कम रहेको बताएका छन्। शनिबार कांग्रेस स्याङ्जाका पूर्वसभापति स्व। खगेन्द्रराज रेग्मीको स्मृति सभालाई काठमाडौँमा सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्।
सभापति देउवाले स्व। रेग्मी त्यागी र कुनै किसिमको लोभ लालच नभएको व्यक्ति रहेको बताउँदै अहिले पार्टीमा यस्ता व्यक्तिहरू धेरै कम रहेको बताए।
‘धेरै कम नेपाली कांग्रेसीहरू यस्ता छन्, जो सच्चा मानेमा नेपाली कांग्रेसको हृदयबाटै समर्पित भएर कांग्रेस बढाउन र बनाउन लागेका छन्, उनले भने,उहाँ(स्व.रेग्मी)लाई पछि भेट्न पाइन मलाई दुःख लागिरहेको छ। उहाँ अत्यन्तै समर्पित साथी हो। त्यस्ता साथीहरू हाम्रो पार्टीमा नगण्य छन् भने पनि हुन्छ ।
