दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौं। संघीय संसद्का दुई समितिको बैठक आज सोमबार बस्दै छ। अर्थ समिति र उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्ने संसद् सचिवालयले जनाएको छ।
अर्थ समितिको बैठक दिउँसो १२ बजेका लागि बोलाइएको छ। बैठकमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकबारे सरोकारवाला निकाय र विज्ञहरूसँग छलफल गर्ने कार्यसूची छ।
यस्तै उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा निकासी पैठारी ९नियमन० विधेयक, २०८१ सम्बन्धमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफल हुनेछ। बैठक बिहान ११ बजे बस्ने सचिवालयले जनाएको छ।
