गृहमन्त्रीको राजीनामा माग्दा नराम्ररी चिप्लिए शेखर,कर्मचारीले गल्ती गरे गृहमन्त्रीको राजीनामा माग्नु गलत: नेता सिटौला (भिडियाे)

काठमाडौं। भिजिट भिसा प्रकरणलाई लिएर चर्किएको विवादबीच गृहमन्त्री रमेश लेखकले आफूले कुनै पनि गैरकानुनी काम नगरेको स्पष्ट पारिसकेका छन्। आफुलाई सिध्याउन ‘चौतर्फी षड्यन्त्र’ बदनाम गर्न नियोजित जालझेल गर्ने अपवाह फैलाउने कुचेष्टा गरिएको छ। म त्यसको विस्तारै भन्डाफोर गर्दै जानेछु, मैले धेरै कुराहरू बुझिसकेको छु, थप अझै बुझ्ने कोशिस गरिरहेको छु उनले भने।

“मैले टाउको निहुराउने काम गरेको छैन,” मेरो एउटा पनि आर्थिक अनियमिता भेटिए मन्त्री पदबाट मात्र नभइ राजनिती जिवनबाटै राजिनामा दिने गृहमन्त्री लेखकले प्रष्ट पारिसकेका छन्। गृहमन्त्रीको यो भनाइले षड्यन्त्र गरेको स्पष्ट देखिन्छ। गृहमन्त्री लेखकमाथि कसरी षड्यन्त्र गरिदैछ भन्ने यो गतिलो उदारण हो। 

त्यस्तै पार्टीभित्र र मुलुकको माथिल्लो कार्यकारी भूमिकामा आउन सक्ने नेताका रुपमा हेरिएका कांग्रेस नेता शेखर कोइराला भने प्रायोजित समाचार र सामाजिक सञ्जालको अपवाहको भरमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दा नराम्ररी चिप्लिएका छन् । जेठ १० गते विराटनगर पुगेका नेता कोइरालाले सतही रुपमा पार्टीका जिम्मेवार नेता एवं गृहमन्त्री लेखकको राजीनामा मागेर उनले आफ्नो राजनीतिक स्तर देखाएका छन ।

त्यसैगरी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गृहमन्त्री रमेश लेखकले राजिनामा दिन नपर्ने बताएका छन्। उनले कुनै एकजना कर्मचारीले गल्ती गरेको आधार गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताएका हुन्।

भिजिट भिषा प्रकरणमा नाम जोडिएपछि गृहमन्त्री लेखकको पार्टीभित्रैबाट समेत नैतिकका आधारमा राजीनामा दिनुपर्ने सुझाव दिइरहेका बेला नेता सिटौलाले भने बचाउ गरेका हुन्।