बाजुराको जगन्नाथमा जीप दुर्घटना हुँदा तीनको मृत्यु, २ जना घाईते
बाजुरा। बाजुराको जगन्नाथ गाउँपालिकाको काडाकोटमा नेपाल टेलिकम बाजुराका कर्मचारीहरू सवार जीप दुर्घटना भएको छ। जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। नेपाल टेलिकमको टावर मर्मत गर्न गएका कर्मचारीको दुर्घटनामा परेका हुन।
जगन्नाथ गाउँपालिका २ मा भएको दुर्घटनामा ३ जनाको मृत्यु र २ जना घाईते भएका छन । मृत्यु हुनेमा नेपाल टेलीकम दुरसंचार प्राधिकरणका प्रमुख लोक बहादुर बिष्ट, चालक कर्ण महत र बडीमालिका ७ ढम्कनेका रबी धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
दुर्घटनामा बुढीनन्दा नगरपालिका वडा २ का अन्दाजी बर्ष २५ का नन्द बहादुर तिरुवा र अन्दाजी बर्ष २२ का लोकेन्द्र तिरुवा घाइते रहेका छन्। घाईतेको उद्धार गरी जगन्नाथ गाउपालिकाले कोल्टी आधारभुत अस्पताल पठाएको छ।
बा ५ च २२०९ नम्मरको गाडीमा सवार नेपाल दुरसंचार कार्यालय बाजुराका प्रमुख सहितको टोली जगन्नाथमा रहेको टावरको मर्मतका लागि गएको बेला सडकबाट करिव ८० मिटर तल खसेको प्रहरीले जनाएको छ।
