गृहमन्त्रीको बदनाम गर्न खोज्ने युवराज सफलमाथि छानबिन गरी कडा कारबाही गर्न तरुण दलको माग

काठमाडौं। नेपाल तरुण दलले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना नाममा भएको अपराधिक गतिविधिको घटनाप्रति गम्भीर चासो देखाएको छ।

संस्थाका अध्यक्ष विद्वान गुरुङद्वारा जारी विज्ञप्तिमा केही व्यक्तिहरूले नेपाल सरकारका माननीय गृहमन्त्री रमेश लेखकको मुद्दा फिर्ता गरेर नत्र ज्यान मार्छु भनी धम्की दिएको घटनाप्रति संस्था चिन्तित रहेको उल्लेख छ।

 युवराज सफल सँग भएको कुराकानीको अडियो सामाजिक सञ्जालमार्फत आएको कुराप्रति नेपाल तरुण दलको केन्द्रीय कार्यसमितिको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

नेपाल तरुण दलले ती दुई पक्षहरूका विषयमा नेपाल तरुण दलको नाम जोडेर आएको उक्त अडियोको निष्पक्ष छानबिन गरी हाम्रो संगठनलाई दुर्भावना राखी बदनाम गराउन खोज्ने युवराज सफल र अडियोमा भनिएको सानुभाई दुवैलाई अनुसन्धानको दायरामा ल्याई कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन प्रशासनलाई अनुरोध गरेको जनाएको छ।

संस्थाले सानु भाई भनिएको व्यक्ति नेपाल तरुण दलको केन्द्रीय सदस्य नरहेको जानकारी पनि यसै विज्ञप्तिमार्फत गराउँदैछौं भनी स्पष्ट पारेको छ।

 उक्त घटनाले नेपाल तरुण दलको नाममा हुने अपराधिक गतिविधिप्रति सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ। नेपाल तरुण दल युवाहरूको हित र राष्ट्रिय विकासमा योगदान पुर्‍याउने उद्देश्यले स्थापित संगठन मानिदै आएकाे छ।