आज मिति २०८२ साल जेठ १४ गते बुधबार पशुपतिनाथको दर्शन गरि आजको राशिफल पढ्नुहोस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज सामाजिक उत्तरदायित्व वहन गर्ने समय हो । रोकिएका कामहरू सम्पन्न हुनेछन् । नयाँ जिम्मेवारी र अवसर प्राप्त हुने योग छ । परिवारमा केही असमझदारी देखा पर्न सक्छ । आमाबाट आएको धनको उपयोगबाट सामान्य लाभ मिल्नेछ । शरीरमा उत्साह र उमङ्ग बढ्नेछ । स्वास्थ्य सन्तोषजनक रहनुका साथै काममा पनि फाइदा हुनेछ ।

वृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो- आज आँटेको काम समयमा पूरा नहुन सक्छ । पढाइमा ध्यान केन्द्रित गर्न कठिन हुन सक्छ । ठूलो लगानीपछि अपेक्षित लाभ नहुन सक्छ, साथै चोरी वा ठगीको जोखिम रहेको दिन हो । आर्थिक कारोबारमा सजगता अपनाउनुहोला । यद्यपि सामाजिक क्षेत्रमा नेतृत्व स्थापित हुने सम्भावना छ । कर्मठताले अरूको मन लोभ्याउन सकिनेछ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, हा- एकै कामबाट दोहोरो लाभ हुने सम्भावना छ । अध्ययनमा प्रगति हुनेछ । यद्यपि काम बिग्रने डर पनि रहन सक्छ । गुरुजनको सहयोग र बुद्धिको प्रयोगले लक्ष्य नजिकिनेछ । प्रतिस्पर्धाले आत्मविश्वास बढाउनेछ । आर्थिक पक्ष सबल बन्नेछ । न्यायिक, कानुनी वा प्रतिस्पर्धात्मक गतिविधिमा सफलता मिल्नेछ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो- अरूको विषयमा चासो दिँदा विवादमा पर्न सकिनेछ । असावधानीले खर्च बढ्न सक्छ । टाढिएका आफन्तहरू नजिकिने संकेत छन् । घरमै बसेर विभिन्न कामहरू सहजै सम्पन्न गर्न सकिनेछ । पारिवारिक सुख मिल्नेछ । अध्ययन र अध्यापनमा प्रगति हुनेछ । मनोरञ्जनमा रमाउने अवसर प्राप्त हुनेछ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आफ्ना विषयमा अरूले हस्तक्षेप गर्न सक्छन् । नगरेका गल्तीको दोष आफूले लिनुपर्ने अवस्था आउन सक्छ । सरकारी झन्झट वा जरिवाना पर्न सक्छ । अनावश्यक दौडधुप र खर्च हुन सक्छ । समयको गति अनुसार नचलेको महसुस हुन सक्छ । टाढाको यात्रा सम्भव भएपनि आवश्यक नरहेको यात्राबाट जोगिनु उचित हुनेछ ।

कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- पढाइमा ध्यान कम लाग्न सक्छ र लेनदेनमा विवाद उत्पन्न हुन सक्छ । व्यापारिक क्षेत्रमा पनि चुनौती आउन सक्छ । आत्मीयजनसँग भेटघाट होला । घरेलु कामहरू बिस्तारै पुरा हुनेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा राम्रो हुनेछ। दोधारको अवस्था आउन सक्छ । पारिवारिक सहयोग मिल्नेछ तर पुरानो रोगले सताउन सक्छ ।

तुला रा, रि, रु, रे, रो, ता, ति, तु, ते- एकपछि अर्को अवसर आउँदा मन प्रसन्न रहनेछ । आफन्त र मित्रबाट सहयोग तथा प्रेरणा प्राप्त हुनेछ । भौतिक साधन बिग्रनाले केही लक्ष्य प्राप्तिमा बाधा आउन सक्छ । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्नेछ । भावनात्मक सोच र कल्पनामा केन्द्रित रहनुहोला । बोलीको गलत अर्थ लाग्न सक्ने भएकाले वाणीमा संयम अपनाउनुहोला ।

वृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु- मनोरञ्जनमा समय बित्नेछ, टाढाको यात्रा पनि सम्भव छ । विगतको सफलताले नयाँ प्रेरणा दिनेछ । नयाँ प्रस्तावहरू आउने छन् । प्रेरणा दिने व्यक्तिहरू भेटिनेछन् । बौद्धिक प्रतिस्पर्धामा सफलता मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने समय छ । वित्तीय लाभको सम्भावना पनि बलियो छ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे- चलिरहेको काममा थप उर्जा र जोश आउनेछ । व्यापार व्यवसायमा फाइदा हुनेछ । रचनात्मक काम थाल्ने राम्रो समय हो । रमाइलो जमघट र स्वादिलो भोजनको अवसर मिल्नेछ । पशुपालन तथा कृषि क्षेत्रबाट लाभ हुने सम्भावना छ । पढाइमा पनि राम्रो प्रगति देखिनेछ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि- श्रमको उचित मूल्यांकन नहुन सक्छ । आम्दानीमा बाधा आउन सक्छ, सतर्कता आवश्यक छ । समस्याले झमेला निम्त्याउन सक्छ । दाम्पत्य सम्बन्धमा केही असमझदारी देखिन सक्छ । यद्यपि मेहनतले जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउनेछ । बौद्धिक जमातलाई आकर्षित गर्ने कार्यमा संलग्न हुने अवसर मिल्नेछ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द- कामका लागि गरिएको यात्रा प्रभावकारी नहुन सक्छ, केवल समय बित्नेछ । सानातिना काममै व्यस्त रहनुपर्नेछ । उद्योग वा व्यापारमा सामान्य फाइदा प्राप्त हुनेछ । सहकर्मी वा सहयोगीहरू साथ नदिँदा समस्या थपिन सक्छ । जटिल काम सम्पन्न हुनाले आत्मविश्वास बढ्नेछ । व्यापारमा विशेष लाभ उठाउन सकिनेछ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, चा, चि- परोपकारमा रुचि बढ्नेछ । पुण्य कार्य वा धार्मिक कृत्य सम्पन्न गर्न सकिनेछ । तीर्थयात्राको अवसर प्राप्त हुनेछ । तपाईंको विचारहरूले धेरैलाई आकर्षित गर्नेछन् । प्रशंसकहरू बढ्नेछन् । ठूला व्यक्तिहरूको आशीर्वादले रोकिएका कामहरू अघि बढ्नेछन् । उपहार तथा सम्मान प्राप्त हुने समय हो।