राप्रपाका सांसद ज्ञानेन्द्र शाहीसहित तीन सांसदको पीएसओ फिर्ता
काठमाडौं। सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तीन जना सांसदहरूको पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) एकै पटक फिर्ता बोलाएको छ ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाही, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंहको पीएसओलाई सरकारले एकै पटक फिर्ता बोलाएको हो ।
राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीका स्वकीय सचिवले तीन जना सांसदहरुको पीएसओ फिर्ता बोलाएको बताए। उनले भने, ‘ प्रमुख सचेतक ज्यू, सांसदहरू ध्रुवबहादुर प्रधान र दीपक सिंह पीएसओ फिर्ता भएको छ। यसै विषयमा उहाँहरू अहिले बै७क बसिरहनु भएको छ ।
शाही राप्रपाका प्रमुख सचेतक, सिंह पूर्वाधार विकास समिति र प्रधान पूर्वआइजीपी रहेकोले उनीहरूलाई सरकारले पीएसओ उपलब्ध गराउँदै आएको थियो।

