कृषि आधुनिकीकरण कार्यक्रमका लागि ३ अर्ब ५० करोड बजेट
काठमाडौं । सरकारले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमका लागि ३ अर्ब ५० करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमलाई कृषि तथा पशुपालन तर्फ २१ सुपरजोन र २०६ जोनमा सिँचाई मल र प्रविधिका लागि ३ अर्ब ५० करोड विनियोजन गरेको बताए ।
४ हजार ८५० हेक्टर जमिनमा उन्नत प्रविधि सहित १५ बाली वस्तुको क्षेत्र विकास गरिने घोषणा गरे । साथै थप ६ हजार हेक्टरमा सिँचाई सुविधा उपलब्ध गराउने समेत बताए।
