डोटीमा जिप दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते

काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बोगटान फुड्सिलको गगुडाबाट दिपायलतर्फ आउँदै गरेको सुपप्र ०१००१ज१४६४ नम्बरको जिप जिप केआईसिंह गाउँपालिका–५ केदार गाउँमा आज बिहान दुर्घटना भएको हो।

दुर्घटनामा बोगटान फुड्सिल गाउँपालिका–६ गगुडाका ४२ वर्षीय मीन बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दीपेन्द्रकुमार पालले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि शैलेश्वरी अस्पताल दिपायल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै दुर्घटनामा घाइते भएका जिप चालकसहित आठ जनाको शैलेश्वरी अस्पताल दिपायलमा उपचार भइरहेको छ। घाइतेमध्ये एकको अवस्था गम्भीर, पाँचको मध्यम र दुई जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।