कांग्रेसले भन्यो-गैरसंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्न खोजिँदै छ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले गैरसंवैधानिक तरिकाबाट संविधानको घेरा तोड्नु अनुचित भएको जनाएको छ। आज सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकपछि प्रवक्ता डा.प्रकाशशरण महतले यस्तो धारणा राखेका हुन्।

उनले संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्न खोजिएको भन्दै सम्बन्धित पक्षले यसलाई गम्भीरताका साथ लिनुपर्ने बताए । मुलुकको संविधान कसैले उपहार नदिएको र यो नेपाली जनताले निर्माण गरेको महतले बताए।

राजावादीहरुको प्रदर्शनलाई लक्षित गर्दै उनले भने, ‘हामीले संविधान संशोधनका विषयहरू अगाडी बढाउनुपर्छ भनेर सरकारले भनेको हो। संविधानको घेरा गैरसंवैधानिक तरिकाबाट तोड्ने कुरा अनुचित हो। सम्बन्धित पक्षले यसमा गम्भीरताका साथ लिनुपर्छ भन्ने हाम्रो ठहर छ।