यातायात व्यवसायीद्धारा बस तोडफोडको प्रयास
काठमाडौं। आन्दोलित यातायात व्यवसायीले बन्दको समयमा यात्रु बोकेको भन्दै मयुर यातायातको बसमा तोडफोडको प्रयास गरेका छन्। बस सञ्चालन गरेको विषयलाई लिएर जडिबुटी क्षेत्रमा केहीबेर तनाव उत्पन्न भएको थियो।
काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार प्रहरीको उपस्थितिपछि अवस्था सामान्य बनेको छ। यस्तै, साँझ ५ बजे जडिबुटीस्थित मनोहरा पुलनजिक अरनिको यातायात प्रालिका अध्यक्ष केदार क्षेत्रीको नेतृत्वमा आएको करिब १५० जनाको समूहले ओखलढुङ्गाबाट आएको ना १ ज ६९७३ नम्बरको सुमोको सिसा फुटाएको प्रहरीले जनाएको छ।
