जात होइन, कर्मले मूल्याङ्कन गरिने समाज बनाऔं: प्रधानमन्त्री ओली
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जातका आधारमा नभई कर्मले मूल्याङ्कन गरिने समाज निर्माण गर्न आग्रह गरेका छन्।
जातीय छुवाछूत उन्मूलन दिवसका अवसरमा शुभकामना दिँदै उनले जात र थरको आधारमा होइन,कर्म,विचार र योगदानका आधारमा मूल्याङ्कन गरिने समाज निर्माण गर्नुपर्नेमा जोड दिएका हुन्।
‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो,उनले भनेका छन्, ‘मानवता भन्दा माथि कुनै जात छैन। रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ।
प्रधानमन्त्री ओलीले सबैमा समभाव र समानताको विकास गर्न पनि आग्रह गरेका छन्।
