दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं। संघीय संसदको दुवै सदनको बैठक बुधबार बस्दैछ। अपराह्न १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमाअर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने र प्रस्तावमाथि छलफल हुने कार्यसूची छ।

यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेश गर्ने कार्यसूची छ।

राष्ट्रिय सभाको बैठक अपराह्न १ः१५ बजे बस्नेछ । यहाँ पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश गर्ने र सो प्रस्तावमाथि छलफल प्रारम्भ गर्ने कार्यसूची छ।