भिजिट भिसा प्रकरणबारे गृहमन्त्रीले संसद्‍मै जवाफ दिने

फाइल तस्वीर

काठमाडौं। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसद्मै जवाफ दिने बताएका छन्। आज (बुधबार) बिहान बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भिजिट भिसा प्रकरणबारे सांसदहरुले प्रश्न गरेपछि उनले संसदमै बोलेर जवाफ दिने बताएका हुन्।

उनले भने, ‘यस विषयमा म संसद्मै बोलेर जबाफ दिन्छु। समितिमा जवाफ दिँदा सबै सांसदहरूले जवाफ नपाउन सक्नुहुन्छ। संसद्मै जवाफ दिने गरी व्यवस्था मिलाइदिन आग्रह गर्दछु।

प्रतिनिधिसभाको बैठक आज पनि अपराह्न १ बजेका लागि बोलाइएको छ। तर, भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलहरुले आफ्नो अडान कायम राखेपछि मंगलबार बैठक बस्दै नबसी स्थगित भएको थियो।

आज पनि संसद् बैठक आज पनि बस्ने नबस्ने ठेगान छैन। विपक्षी दलहरुले गृहमन्त्रीले राजीनमा दिनुपर्ने, भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने लगायतका माग राख्दै संसद अवरोध गर्दै आएका छन्।