भ्रष्टाचारीहरूलाई टुँडिखेलमा उभ्याएर नाङ्गेझार बनाउनुपर्छ: प्रेम सुवाल
काठमाडौं। नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कडा कारबाही गर्नुपर्ने माग राखेका छन्। संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भ्रष्टाचारीहरूलाई टुँडिखेलमा उभ्याएर जनतासामु नाङ्गेझार बनाउनुपर्ने बताए।
सरकारमा बसेर भ्रष्टाचार गर्ने, त्यही पैसा जनतालाई सामान बाँडेर र भोज खुवाएर चुनाव जित्ने, अनि फेरि भ्रष्टाचार गर्ने प्रवृत्ति छ सांसद सुवालले भने।
उनले मुलुकको सार्वजनिक ऋण २७ खर्ब पुगेको र नेपाली जनतालाई ऋणको बोझ बोकाएर केही व्यक्तिहरूले लाभ लिइरहेको आरोप लगाए। यो ऋण बोकाएर घ्यु भात खाने को-को हुन्रु सबैलाई टुँडिखेलमा उभ्याउनुपर्छ, उनले भने।
सांसद सुवालले गिरिबन्धु टी-इस्टेट, भिजिट भिसा, सुन तस्करी, र नक्कली भुटानी शरणार्थी प्रकरणलगायत ठुला भ्रष्टाचारका घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए। भ्रष्टाचार जहाँ र जसले गरे पनि, नीतिगत निर्णयको आडमा भए पनि, कारबाही हुनै पर्छ, उनले भने। भ्रष्टाचारीलाई कुनै पनि हालतमा छोड्नु हुँदैन।
उनले भ्रष्टाचार नियन्त्रणका लागि कडा कानुनी कदम चाल्नुपर्ने र जनताले नै भ्रष्टाचारीलाई सार्वजनिक रूपमा जवाफदेही बनाउनुपर्ने तर्क गरे।
