नारायणगढ-मुग्लिन सडकमा पहिरो: आवागमन ठप्प
चितवन। नारायणगढ-मुग्लिन सडक खण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।
इच्छाकामना गाउँपालिका-७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरो खसेर सडक अवरुद्ध भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो खस्नासाथ तत्कालै पन्छाउने काम सुरु गरिसकिएको छ।
यद्यपि, सडकमा खसेको पहिरो पन्छाएर यातायात पुनः सञ्चालन गर्न कम्तीमा दुई घण्टा लाग्ने अनुमान गरिएको छ।
