कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। आज काठमाडौंको जावलाखेलस्थित हेलिअस अस्पतालमा निधन भएको गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले जानकारी दिए।

स्वर्गीय श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पणका लागि उनको पार्थिव शरीर भोलि बिहान ८:०० बजेदेखि ११:०० बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा राखिने उनले बताए।

श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएपछि पार्थिव शरीरलाई शवयात्रासहित पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ। श्रेष्ठ विगत एक वर्षदेखि क्यान्सरबाट पीडित थिए।