सुनको मूल्यमा गिरावट,प्रति तोला कति ?

काठमाडौं। सुनको मूल्य ह्वात्तै घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ४ हजार ३ सय रुपैयाँले घटेको हो ।

योसँगै नेपाली बजारमा सुन प्रतितोला दुई लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि १३५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ३ सय १० रुपैयाँ कायम भएको छ । महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य दुई लाख ४३ हजार ६ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ३६९५ रुपैयाँ कायम भएको छ ।