सप्तकोसीमा बेपत्ता गोताखोर सुरजको शव भेटियो

काठमाडौं । सप्तकोसी नदीमा बेपत्ता गोताखोर सुरज साउदको शव फेला भेटिएको छ। आइतबार कोसी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट सुरजको को शव निकालिएको हो।

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले ३ दिनदेखि वेपत्ता भएका सुरज साउदको शव भेटिएको जानकारी दिए ।उनीसँगै सप्तकोसीमा अभ्यास गर्ने क्रममा डुबेका झापाका हरदेव राजवंशीको शव भने शुक्रबार नै फेला परेको थियो।

नदीभित्र फसेका जनधन कसरी खोज्ने वा उद्धार गर्ने भनेर डेमो (नक्कली अभ्यास) देखाउने तयारीमा साउद र राजवंशी सप्तकोसी नदीमा हेलिएका थिए । सो क्रममा उनीहरू वेपत्ता भएका थिए।