काठमाडौं र कास्कीबाट १४ जना जुवाडे पक्राउ

काठमाडौं। काठमाडौं र कास्कीबाट १४ जना जुवाडे पक्राउ परेका छन्।काठमाडौं महानगरपालिका-३ सामाखुसी रानीबारी बस्ने ५८ वर्षीय डम्बर लामालेआफ्नै घरमा संचालन गरेको खुसी किचेन रेष्टुरेन्टमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक डम्बर समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६२ हजार ८ सय रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो।

कास्की, पोखरा महानगरपालिका-५ प्रस्याङस्थित साथीभाई खाजा घरमा जुवातास खेलिरहेकोअवस्थामा सोही महानगरपालिका-१८ सराङकोट बस्ने ३४ वर्षीय महेश तिमिल्सिना समेत ५ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २५ हजार २ सय ७५ र तास ३ बुक सहित पक्राउ गरेको हो।