रोष्ट्रममा गृहमन्त्री,वेल घेराउमा रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा वेल घेराउ गरेको छ। सभामुख देवराज घिमिरेले गृहमन्त्री रमेश लेखकलाई बोल्न दिएपछि सांसदहरूले वेल घेराउ गरेका हुन्।
अहिले गृहमन्त्री रमेश लेखक बोलिरहेका छन्। रास्वपा सांसदहरू भने अवरोध गर्दै नाराबाजी गरिरहेका छन्। रास्वपाले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै आएको छ।
