माधव नेपालको सांसद पद निलम्बन भएको संसद्लाई जानकारी गराइयो

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको सांसद पद निलम्बन भएको सूचना संसद्लाई गराइएको छ। शुक्रवार (आज) बसेको संसद् बैठकमा सभामुख देवराज घिमिरेले यो जानकारी गराएका हुन्।

नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै नेपालको सांसद पद निलम्बन भएको हो।

पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा आयोगले नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। भ्रष्टाचारविरूद्ध मुद्दा किनारा नलागेसम्म सांसद पद स्वतः निलम्बन हुने व्यवस्था छ।