संसद्मा रास्वपाको वेल घेराउ र नाराबाजी जारी-LIVE
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजपनि संसदमा नाराबाजी गरेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै रास्वपाले प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै वेल घेरेर अवरोध गरेको हो। तर,सभामुख देवराज घिमिरेले उनीहरुको अवरोध बेवास्ता गर्दै संसद् बैठक अगाडि बढाएका छन्।
यसअघि हिजो आइतबार पनि रास्वपाले वेल घराउ गरेको थियो। तर, हिजोपनि सभामुखले विपक्षीको अवरोधलाई बेवास्ता गर्दै सदन सञ्चालन गरेका थिए।
