प्रधानमन्त्री ओली, देउवा र प्रचण्डबीच छलफल हुँदै
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री तथा मन्त्रिरिषद् कार्यालय सिंहदरबारमा आज दिउँसो ३ बजे बस्ने तय भएको हो।
बैठकमा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष ओली,कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनेछन्।
उनीहरुबीच प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाको जारी अवरोध, समसामयिक गतिविधिलगायत विषयमा छलफल हुने प्रधानमन्त्रीका स्वकीय अधिकृत उदय पोखरेलले जानकारी दिए।
