लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ
काठमाडौं।लागुऔषधसहित विभिन्न स्थानबाट १२ जना पक्राउ परेका छन्। कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २६ वर्षीय राजेश गुरूङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-७ खैरानाबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा पुर्नवास नगरपालिका-१ पुरैना बस्ने ३८ वर्षीय कञ्चनजंग चौधरी र २२ वर्षीय अर्जुन राना रहेका छन्। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका-८ बाट लागुऔषध गाँजा करिब २२ किलोग्राम सहित सोही उपमहानगरपालिका-८ लोसण्डा बस्ने ४५ वर्षीय रामपुकार सहनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २३ ग्राम ३ सय ६० मिलिग्राम सहित धनकुटा छथर जोरपाटी गाउँपालिका-१ बस्ने २९ वर्षीय दिलिप गजमेर (विश्वकर्मा) लाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
यसैगरी सुनसरी, कोशी गाउँपालिका-८ तीनकुनेबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ मिलिग्राम सहित सप्तरी महादेवा गाउँपालिका-२ बस्ने २२ वर्षीय मुकेश कुमार मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय भाण्टाबारी र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५६ प ८०७४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक मुकेशलाई पक्राउ गरेको हो। साथै प्रहरीले सोही मोटरसाइकलमा सवार १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ।
यसैगरी सुनसरी, कोशी गाउँपालिका.१ भन्सारटोलबाट लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम सहित धनकुटा पाख्रिवास नगरपालिका.९ बस्ने २७ वर्षीय रोशन तिम्सिनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेका छ। इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरवाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।
कास्की, पोखरा महानगरपालिका.८ प्रतिभा मार्गबाट नियन्त्रित लागुऔषध टापेन्टाडोल १ हजार ५० ट्याब्लेट र मोबाइल ५ थान सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१७ घारिकुलो बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-५ घर भएका २५ वर्षीय राजेश बहादुर पौडेल, पोखरा महानगरपालिका-८ प्रतिभामार्ग बस्ने चितवन घर भएकी २३ वर्षीया रोज कुँवर, सोही महानगरपालिका-७ पुरानो एयरपोर्ट बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-५ घर भएका २८ वर्षीय मनोज रेग्मी र पोखरा महानगरपालिका-१७ घारिकुलो बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-२ घर भएका २८ वर्षीय राज बहादुर पौडेल रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ग।१७ प ७२३३ नम्बर र ग.१४ प ३३५९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
यसैगरी कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनबाट नियन्त्रित लागुऔषध टापेन्टाडोल ५० ट्याब्लेट र मोबाइल १ थान सहित सोही महानगरपालिका-१८ लामागाउँ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-२ घर भएका २६ वर्षीय सुजिव शाक्यलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो। साथै प्रहरीले उनले प्रयोग गरेको ग।७ प ८५५७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।
