उपसभामुखको प्रमाणित मानव तस्करीबारे रास्वपा मौन,गृहमन्त्रीमाथि तथ्यहीन प्रतिशोधपूर्ण आरोप

काठमाडौं। मानव तस्करीको गम्भीर आरोपमा विवादित उपसभामुख इन्दिरा राना मगरका विषयमा मौन रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने गृहमन्त्रीमाथि निरन्तर आक्रमण गरिरहेको छ।

आफ्नै पार्टीबाट उपसभामुख बनेकी रानामाथि अमेरिकी भिसा प्रकरणमा मानव तस्करीको आरोप लागेको छ। उनले उपसभामुखको पदको दुरुपयोग गरी ६ जनाको नामबाट अमेरिकी दूतावासमा भिसाका लागि सिफारिस पत्र पठाएको खुलासा भएको थियो।

२०२३ फेब्रुअरी २६ मा उनले न्युयोर्कमा आयोजना हुने राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन भन्दै उपसभामुखको लेटरप्याडमा पत्र पठाएकी थिइन्। तर यो पत्रमा उल्लेख भएका व्यक्तिहरूको पहिचान र कार्यक्रमसँगको सम्बन्धमा प्रश्न उठेको थियाे।

 पहिला बाल आश्रम सञ्चालन गरेकी रानामाथि बालबालिकाको तस्करी गरेको आरोप समेत लागेको थियो। तर यी आरोपहरूको विस्तृत अनुसन्धान हुन अहिलेसम्म सकेको छैन।

यद्यपि, रास्वपाले आफ्नै पार्टीकी नेत्रीमाथिको यी गम्भीर आरोपहरूमा कुनै स्पष्टीकरण दिएको छैन। उल्टो पार्टीका सांसदहरूले संसदमा भिजिट भिसाको विषयलाई लिएर गृहमन्त्रीमाथि निरन्तर आक्रमण गरिरहेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीहरूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको विषयलाई रास्वपाले गृहमन्त्री रमेश लेखकसँग जोडेर संसदमा हल्ला मच्चाइरहेको छ।

रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा गृहमन्त्री लेखकले कानुनी दायरामा ल्याएको बदलाको भावनाले यस्तो आचरण गरिरहेको बताइछ।

भिजिट भिषाको विषय २०६४ सालयताको भएकाले सोही समयदेखि छानविन गरी समस्याको दीर्घकालिन समाधान खोज्न प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी स्वयम् आग्रह गरिरहेका बेला मुद्दा बिहीन रास्वपा गृहमन्त्रीमाथि प्रतिसोध साध्न सक्रिय छ । रास्वपाले वैदेशिक रोजगारीमा ठगिएका भनिएका युवाहरुको नामबाट गृहमन्त्रीमाथि समेत उजुरी हाल्न लगाएर किर्ते काम गरिरहेको विषय सार्वजनिक भइसकेको छ।

नियोजित रुपमा गृहमन्त्रीमाथि खनिएको रास्वपा संसदमा अशोभनीय रुपमा पछिल्लो समय भिजिट भिषाको विषयमा प्रस्तुत हुँदै आएको छ। रास्वपाका सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा कानूनी दायरामा ल्याएको सरकारप्रति प्रतिशोध साध्नकै लागि रास्वपाका सांसदहरु तल्लो स्तरसम्म गिरेका छन्।

तर रास्वपाले यो विषयलाई राजनीतिक बदलाका रूपमा प्रयोग गरेको आरोप लागिरहेको छ। पार्टीले वैदेशिक रोजगारीमा ठगिएका युवाहरूको नामबाट गृहमन्त्रीमाथि उजुरी हाल्न लगाएको विषय समेत सार्वजनिक भइसकेको छ। रास्वपाको यस्तो दोहोरो चरित्रप्रति राजनीतिक दलहरू र नागरिक समाजले आपत्ति जनाइरहेका छन्।