भिजिट भिसा प्रकरणका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने रास्वपाको घोषणा
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा प्रकरणमा पार्टीले राखेको माग पूरा नहुँदासम्म संसदीय प्रक्रियामा सहभागी नहुने जनाएको छ।
उक्त पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणसम्बन्धी पार्टीका मागहरू पूरा नभएसम्म संसदीय प्रक्रियामा सहभागी नहुने बताए।
मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक परियारले आफूहरूको आन्दोलन यथावत रहेको बताए।उनले भिजिट भिसा जस्तो गम्भीर मुद्दालाई सरकारले पन्छाउन खोजेको समेत आरोप लगाए।
उनले अर्को संसद बैठक असार १४ गते रहेको उल्लेख गर्दै त्यतिबेलासम्म पार्टीका मुद्दालाई थप स्थापित गर्न आवश्यक कार्यहरु गर्ने पनि बताए।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव शंकरदास बैरागीको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको थियो। उक्त समितिलाई रास्वपाले अस्वीकार गरेको छ।
