स्वास्थ्य बीमाः साउन १ देखि प्रथम सेवा विन्दुमा सरकारी स्वास्थ्य संस्था मात्रै हुने

काठमाडौं। आगामी १ साउनदेखि स्वास्थ्य बीमाको प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र कायम हुने भएका छन्। स्वास्थ्य बीमा बोर्डले हाल प्रथम सेवा विन्दु रहेका सामुदायिक र निजी स्वास्थ्य संस्थालाई १ साउनदेखि प्रथम सेवा विन्दुबाट हटाउने भएको हो।

बोर्डले सबै स्वास्थ्य संस्थालाई गरेको परिपत्रमा भनिएको छ– उपरोक्त सम्बन्धमा स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) को दफा ९ को उपदफा (५) तथा नियमावली, २०७५ को (प्रथम संशोधन) को नियम २ को खण्ड (५) ले प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरेकाले मिति २०८२ श्रावन १ गतेबाट उक्त संस्था प्रथम सेवा विन्दुको रुपमा नरहने व्यहोरा निर्णयानुसार (कार्यकारी निर्देशकस्तर) अनुरोध छ।