विपद्‍बाट नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयार: गृहमन्त्री लेखक

काठमाडौं। गृहमन्त्री रमेश लेखकले विपद्जन्य क्षति हुनबाट रोक्न र विपद्पछि नागरिक र सम्पतीको सुरक्षा गर्न सरकार तयारी अवस्थामा रहेको बताएका छन्।

मंगलवार सिंहदरबारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको सम्झौतापछि बोल्दै उनले यस्तो बताए।

नेपालमा विपद्को जोखिम उच्च रहेको र अहिले मनसुनको प्रारम्भिक चरणमा रहेको बताए। उनले नेपालमा मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने गरेको बताए।

उनले काठमाडौँ उपत्यकाभित्र कुनै पनि ठाउँमा जोखिम उत्पन्न भए वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निःशुल्क उद्धार गर्ने सम्झौता भएको बताए।