धुनषामा सशस्त्र प्रहरी र तस्करबीच झडप,चार राउण्ड हवाई फायर
जनकपुरधाम। धनुषाको दुहबीमा तस्कर र सशस्त्र प्रहरीबीच गएराति झडप भएको छ। सशस्त्र प्रहरीले तस्करलाई नियन्त्रणमा लिन खोज्दा भिडन्त भएको हो।
आत्मरक्षाका लागि सशस्त्र प्रहरीले अश्रुग्यास र हवाई फायर समेत गरेको छ। सो क्रममा केही सशस्त्र प्रहरी घाइते भएका छन्। सशस्त्र प्रहरीका एसपी निर्मल खड्काका अनुसार तस्करी गरी ल्याइएको समान नियन्त्रणमा लिन दुहबीस्थित एक घरमा छापा मार्न पुग्दा स्थानीयले आक्रमण गरेका थिए। स्थिति नियन्त्रणमा लिन १२ सेल अश्रुग्यास र ४ राउण्ड हवाई फायर गरेको उनले बताए।
एसपी खड्काका अनुसार आक्रमणमा ६ जना प्रहरी घाइते भएका छन्। उनीहरू जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचाररत रहेको बताइएको छ। स्थानीयले तस्करलाई सघाएपछि सशस्त्र प्रहरीले तस्कर र तस्करीको समान समात्न असफल भए। एसपी खड्काले तस्करीको समान नियन्त्रणमा लिने स्थिति नरहेपछि फर्किनुपरेको बताए।
दुहबी भारतीय सीमा क्षेत्र ९दसगजा०मै जोडिएको छ। यो नाकाबाट तस्करी नियन्त्रणमा पुग्ने प्रहरीमाथि यसअघि पनि पटक–पटक आक्रमण भएको छ।
