महिमानसिंहको रिट न्यायाधीश पोखरेलको इजलासमा

काठमाडौं। सर्वोच्च अदालतका निलम्बित शाखा अधिकृत महिमान सिंह विष्टले दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीलाई पुर्पक्षका लागि जेल चलान गर्न भन्दै अनधिकृत पत्र पठाएका विष्टले आफूमाथि दोहोरो कारबाही भएको भन्दै असार २द्द गते त्यसविरुद्ध रिट निवेदन दिएका थिए। उक्त निवेदनमाथि पहिलो सुनुवाइ गर्न सर्वोच्च अदालतका न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासमा पेसी तोकिएको हो।

आफूमाथि सर्वोच्च अदालतले विभागीय कारबाहीको प्रक्रिया अघि बढाएको र प्रहरीले समेत सरकारी छाप किर्तेमा फौजदारी मुद्दा चलाएका कारण एकै कसुरमा दुईतिर कारबाही गर्नु अन्यायपूर्ण भएको विष्टले रिट निवेदनमा जिकिर गरेका छन्।