जसपा नेपालले आज सरकारलाई दिएको समर्थन फिर्ता लिने

फाइल तस्वीर

काठमाडौं। जनता समाजवादी पार्टी नेपालले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन आज फिर्ता लिने भएको छ। आज बस्ने संसदीय दलको बैठकले औपचारिकरूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको हो।

प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न पार्टी संसदीय दललाई निर्देशन दिएको र आज बस्ने दलको बैठकले यसबारे औपचारिक निर्णय गर्ने जानकारी दिए।

समर्थन फिर्ता लिने एजेन्डा तय गरेरै बैठक बस्न लागेको उनले बताए । जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। कांग्रेस–एमाले गठबन्धन सरकारले कुनै क्षेत्रमा पनि सन्तोषजनक नतिजा दिन नसकेको जसपाले निष्कर्ष निकालेको छ।