त्रिविको वार्षिक सभा आज प्रधानमन्त्रीनिवासमा
काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक सभा (सिनेट) बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटमा बस्दैछ। त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले बैठक बिहान १० बजेका लागि बोलाएका हुन्।
त्रिविको वार्षिक सभा प्रत्येक वर्ष आषाढ शुक्ल नवमी (यो वर्ष असार २० गते) बस्ने परम्परा भए पनि कुलपति ओलीले असार २२ गते बते बोलाका थिए। तर उनी बेलिब्रिज उद्घाटन गर्न गएपछि बैठक स्थगित भएको थियो।
बिहीबार त्रिविको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिने छ । साथै ९० हजार विद्यार्थीको ग्रेस लिष्टसमेत पारित गर्ने कार्यसूची छ ।
प्रधानमन्त्रीको अनुकुलतामा मिति र बैठक बस्ने स्थान तय गरिएको भन्दै कतिपय पदाधिकारी असन्तुष्ट छन्। बैठक विश्वविद्यालयमै बस्नुपर्ने उनीहरूको अडान छ। विश्वविद्यालयको स्वायत्तताको दृष्टिले यो गलत रहेको उनीहरूको भनाइ छ।
बुधबार मात्रै त्रिविमा नयाँ उपकुलपति नियुक्त भएका छन्। प्राडा दीपक अर्यालले उपकुलपतिको जिम्मेवारी पाएका हुन्।
